सैनामैना, रुपन्देही
थारु कल्याणकारी सभा (Tharu Welfare Society) सैनामैना नगर कार्य समिति, रुपन्देहीको आयोजनामा सञ्चालित “आठौँ सैनामैना माघी खिचडी महोत्सव २०८२” मा सैनामैना माध्यमिक विद्यालयले सानदार सफलता हासिल गरेको छ। महोत्सवको अवसरमा आयोजित सैनामैना नगरपालिका स्तरीय दौड प्रतियोगितामा सैनामैना माविका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गरिमा बढाएका छन्।
प्रतियोगितामा विद्यालयका तर्फबाट सहभागी भएका पवन बरई १५०० मिटर छात्र दौड प्रतियोगितामा प्रथम , आयुषा भण्डारी १००० मिटर छात्रा दौड प्रतियोगितामा प्रथम र अर्जुन प्रसाद केवट १५०० मिटर छात्र दौड प्रतियोगितामा द्वितीय भएका छन्।
नगर स्तरीय प्रतिस्पर्धामा स्वर्ण र रजत पदक जित्न सफल भएकोमा प्राचार्य नेत्र पुरी तथा विद्यालय परिवारले विजयी विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, यो सफलता प्राप्त गर्न विद्यार्थीहरूलाई अहोरात्र मार्गदर्शन गर्ने शिक्षकहरू र सहयोग पुर्याउने सम्पूर्ण विद्यालय परिवारप्रति विद्यालयले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।






