१५ भदौ ,काठमाण्डौ-लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमालेकी समानुपातिक सांसद सरिता पुन मगरको निधन भएको छ। उहाँ लामो समयदेखि मुटु सम्बन्धी समस्या भोगिरहनु भएको थियो।
पुनको काठमाण्डौस्थित शिक्षण अस्पताल, महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा उपचार भइरहेको थियो। उपचारक्रममै हिजो उहाँको निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले जानकारी दिनुभयो। अस्पतालमा रहँदा उहाँको दुई पटक शल्यक्रिया गरिएको थियो।
करीब तीन हप्ता अघि पुनको मुटुको भल्बको शल्यक्रिया गरेर कृत्रिम भल्ब राखिएको थियो। त्यसपछि अर्को शल्यक्रियामार्फत शिशु निकालिएको थियो। शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
सरिता पुन लुम्बिनी प्रदेश सभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत हुनुहुन्थ्यो।
Post Views: 341






