राष्ट्रिय युवा संघभित्रको असन्तुष्टि सतहमा, अध्यक्ष ओलीमाथि गम्भीर आरोप

Shares

बुटवल: नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालभित्रको आन्तरिक विवाद र असन्तुष्टि सतहमा आएको छ। संगठनका पूर्व लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेलले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै लक्षित गरी आक्रोशपूर्ण स्टाटस सार्वजनिक गरेका छन्।
अध्यक्ष ओलीलाई सम्बोधन गरिएको उक्त वक्तव्यमा युवा संघलाई ‘कमाई खाने भाँडो’ बनाइएको, आन्तरिक लोकतन्त्रको हत्या गरिएको र आर्थिक अपारदर्शिता भएको लगायतका गम्भीर आरोपहरू लगाइएका छन्।
वक्तव्यमा राष्ट्रिय युवा संघको स्थापनाको वैचारिक जगमाथि नै प्रहार गरेर यसलाई व्यक्तिगत स्वार्थपूर्तिको ‘कमाई खाने भाँडो’ बनाइएको उल्लेख छ। यसलाई ‘घृणित र कायरतापूर्ण षड्यन्त्र’ भन्दै निन्दा गरिएको छ।
संगठनभित्र योग्यता र क्षमताभन्दा बढी चाकडी र गुटबन्दी हावी भएको आरोप लगाउदै । महाधिवेशनमा हजारौँ मतले विजयी भएका कार्यकर्तालाई पाखा लगाएर पराजितहरूलाई नेतृत्वको नजिक राखिएको भन्दै यसलाई ‘लोकतन्त्रमाथिको निर्मम हत्या’ भनिएको छ।
वक्तव्यले ‘केपी ओली कप’ र ‘एआई सम्मेलन’ जस्ता कार्यक्रमहरूमा खर्च भएको करोडौं रुपैयाँको हिसाबकिताब माग गरेको छ। गाउँगाउँबाट उठाइएको लेबी र सदस्यता शुल्कको स्रोत र खर्च पारदर्शी नभएको भन्दै प्रश्न उठाइएको छ।
वैचारिक विचलनको दोष मदन भण्डारी फाउन्डेसनलाई लगाइएकोमा असन्तुष्टि व्यक्त गर्दै आफ्नै घरको जग भत्काएर छिमेकीलाई दोष दिएको भन्दै यसलाई ‘नैतिक दरिद्रताको पराकाष्ठा’ समेत भनिएको छ।
वक्तव्यको अन्त्यमा, यो व्यक्तिगत स्वार्थको लडाइँ नभई गुमेको पद्धति र प्रतिष्ठा फर्काउने ‘वैचारिक युद्ध’ भएको घोषणा गर्दे भ्रष्ट नेतृत्वलाई इतिहासको फोहोरको थुप्रोमा मिल्काएरै छाड्ने चेतावनी पनि दिइएको छ। यस वक्तव्यले एमालेभित्रको युवा पंक्तिमा गहिरो असन्तुष्टि रहेको देखाउँछ र यसले आगामी दिनमा पार्टीभित्र थप विवाद निम्त्याउन सक्ने देखिन्छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.