१५ मंसिर, काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरमा समायोजन गरेको छ। समीक्षा अनुसार, नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ।
यस्तै, करिडोरको माथिल्लो सीमा मानिने स्थायी तरलता सुविधा (SLF) दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत निर्धारण गरिएको छ। तर तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा (SDF) दर भने २.७५ प्रतिशतमै यथावत राखिएको छ।
नीतिगत दरमा गरिएको यो कटौतीसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर थप घटाउने दबाब अनुभव गर्ने अपेक्षा गरिएको छ।
Post Views: 351






