नेपाली लुब्रिक्यान्टप्रति विश्वास गरौँ, आत्मनिर्भरता बढाऔँ

Shares

कमल प्रसाद न्यौपाने-

२२ साउन बुटवल-करोडौँ लगानीमा सञ्चालनमा रहेका नेपाली लुब्रिक्यान्ट उद्योगहरू हाल गम्भीर समस्याको सामना गरिरहेका छन्। गुणस्तरीय उत्पादन गर्दै आएका यी उद्योगहरूलाई भारतबाट आयात हुने अवैध तथा निम्नस्तरीय लुब्रिक्यान्ट मटेरियलहरूले बजारमा असर गर्न थालेको देखिन्छ।बजारमा पाइने लुब्रिक्यान्टका बोतलमा उल्लेख गरिएको विवरण र भित्रको मटेरियलबीच ठूलो फरक देखिन थालेको व्यवसायीहरू बताउँछन्। विशेषगरी भारतबाट सस्तो मूल्यमा आयात हुने यस्ता उत्पादनहरू खुलेआम बिक्री हुन थालेका छन्। पछिल्लो समय रिसाइकल गरिएको मोबिलसमेत खुल्ला रूपमा बिक्री भइरहेका छन्, जसले उत्पादनको गुणस्तर र सुरक्षा दुवैमा गम्भीर प्रश्न उठाएको छ।रिता अटोमोटिभ प्राली..लि.का सञ्चालक नवराज भुसाल भन्छन्, “हामीले नेपाली उत्पादन र ब्रान्डमा विश्वास नगरेसम्म बजारमा यस्ता समस्या रहिरहन्छन्। नेपाली उद्योगहरूले राम्रो गुणस्तर कायम राखेका छन्, तर सस्तो मूल्यको नाममा बाहिरबाट आउने खराब मटेरियलले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको छ।”
उद्योगीहरूका अनुसार यस्ता अवैध र गुणस्तरहीन लुब्रिक्यान्ट मटेरियललाई नियन्त्रण गर्न ढिला भएमा नेपाली उद्योगहरू संकटमा पर्न सक्छन्। हाल नेपाली उत्पादकहरू नाफाभन्दा ब्रान्ड र उपभोक्ताको विश्वास जोगाउनमा केन्द्रित छन्।
गुणस्तरहीन लुब्रिक्यान्ट मटेरियलको प्रयोगले उपभोक्तालाई सवारीसाधनको इन्जिनमा समस्या भोग्नुपरेको छ। कतिपय अवस्थामा इन्जिन अचानक बिग्रनु वा दुर्घटनासम्म हुने घटनाहरू समेत बढ्न थालेका छन्।
सरकार र नियामक निकायहरूले यस्ता मटेरियलको निगरानी र नियन्त्रणमा कडाइ नगरेसम्म नेपाली लुब्रिक्यान्ट उद्योग र उपभोक्ताको सुरक्षामा जोखिम बढ्ने संकेत देखिन्छ।

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.