रुपन्देहीबाट काठमाण्डौ जांदै गरेको बसलाई टिप्परले ठक्कर दिंदा ५ जना घाईते

Shares

रुपन्देहीबाट काठमाण्डौ जांदै गरेको यात्रुबाहक रात्रीबसलाई धादिङको थाक्रेमा टिप्परले ठक्कर दिंदा पाँच जना यात्रु घाइते भएका छन्। घाईते सबै बसमा सवार यात्रु हुन्।

मंगलबार सांझ भैरहवाबाट छुटेको प्रदेश(०१(००१ ख ०३३५ नं को उक्त बसलाई बुधबार बिहान  साढे ८ बजे थाक्रे गाउँपालिका वडा नं २ बाह्रकिल्लामा काठमाण्डौबाट नुवाकोट तर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६०नं।को टिप्परले ठक्कर दिएको थियो।

 

दुर्घटनामा परी बसका चालकसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइतेहरूमा चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका(१२ बेलबासका २७ वर्षीय सन्देश अधिकारी, रूपन्देहीकै कन्चन गाउँपालिका वडा नं ४ कि ६० वर्षीय आइतबहारी थारू,  गुल्मीको दरबार गाउँपालिका वडा नं २ का ४० वर्षीय कमल सारू मगर, कपिलवस्तुको शीवराज नगरपालिका वडा नं ७ का २४ वर्षीय पंकज पाण्डे र नवलपरासीको देवचुली नगरपालिका वडा नं ५ बस्ने ३२ वर्षीया पुनम थसु छन्।

६० वर्षीया थारूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको धादिङका डिएसपी सुवास हमालले जानकारी दिए। अन्य घाइतेहरुलाई महादेवबेसीस्थित थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको छ।

टिपर चालक नुवाकोटको बेलकोटगढि नगरपालिका वडा नं १२ का २८ वर्षीय प्रबिन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि अवरूद्ध रहेको सडक अहिले एकतर्फी खुलेर सवारी साधन आवतजावत भइरहेको पनि प्रहरीले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.