बुटवलमा अनाथ बालबालिकासँग रक्षाबन्धन मनाउँदै लियो क्लबको सामाजिक पहल

Shares

साउन २४, बुटवल — तिलोत्तमा नगरपालिका–७, दल्का स्थित सिर्जनशील संस्था अनाथ आश्रमका विद्यार्थी भाइबहिनीबीच खुशी र माया साटासाट गर्दै रक्षाबन्धन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व लियो क्लब अफ बुटवल स्टारका अध्यक्ष लियो गोविन्द बि.क.ले गर्नुभयो। प्रमुख अतिथिका रूपमा लियो जिल्ला परिषद ३२५ पि की जिल्ला उपाध्यक्ष लियो सुष्मा बश्याल उपस्थित हुनु भयो।
विशिष्ट अतिथिमा सिर्जनशील संस्थाका सञ्चालक तथा व्यवस्थापक विनोद बि.सी., क्लबका पूर्व अध्यक्ष राजभिर जयसवाललगायतको विशेष सहभागिता रहेको थियो।

सचिव लियो रमेश लम्सालले कार्यक्रम सञ्चालन गर्नुभयो भने स्वागत मन्तव्य लि. विनोद भुसालले प्रस्तुत गर्नुभयो।
लियो क्लब अफ बुटवल स्टारले हरेक वर्ष विभिन्न स्थानमा यस्ता सामाजिक र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै अनाथ आश्रमका बालबालिकासँग रक्षाबन्धन पर्व उल्लासपूर्वक मनाइएको हो।

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.