लुम्बिनीमा जनमतको रिक्त समानुपातिक सांसदमा निलम पासवान

Shares

रुपन्देही । जनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा निलम पासवान छनौट भएकी छन् । यसअघि समानुपातिक सांसद बनेकी गीता गुरुङ बेलायत बस्न थालेपछि उनलाई हटाउन पार्टीले दवाव दिएसँगै राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

यसअघि जनजाति क्लस्टरबाट गीता गुरुङ सांसद बनेपनि त्यसपछिको सूचिमा दलित महिला कोटाबाट निलम पासवान परेको र उनले बुधबार नै निर्वाचन आयोगबाट प्रमाण पत्र बुझेकी छन् । निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभालाई यो पत्र पठाइसकेपनि प्रदेश सभामा भने त्यो पत्र आइसकेको छैन ।

लुम्बिनी प्रदेश सभामा जनमतबाट १ प्रत्यक्ष र दुई समानुपातिक गरी तीन सांसद रहेका छन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.