वामदेवलाई जिम्मेवारी र रामकुमारीबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

Shares

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्न लागेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भनिएको बैठक अब केही बेरमा सुरू हुने एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपमहासचिवक प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक विषयहरूमा छलफल हुने उनले बताए।

साथै वरिष्ठ नेता वामदेव गौतमको जिम्मवारी र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीबारे निर्णय हुने  पनि ज्वालाले जानकारी दिए।

वामदेव गौतमले साउन २ गते आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीसँग एकता गरेका थिए।

पार्टी एकतापछि उनलाई तेस्रो वरीयतासहित वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो।

एकतालगत्तै गौतमले सांगठनिक  कामको जिम्मेवारी दिनका लागि नेतृत्वसँग आग्रह गर्दै आइरहेका छन्। उनले पद मात्रै दिएर काम नगरे एकीकृत समाजवादीमा पनि नबस्ने भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरेका थिए।

त्यसबारेमा शुक्रबारको सचिवालय बैठकले निर्णय गर्ने उपमहासचिव ज्वालाले जानकारी दिए।

आजको छलफलको अर्को एजेन्डा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्ति र त्यसमाथि उनले गरेको आत्मालोचनाबारे छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलीको जग्गा प्ररकणमा भ्रष्टाचारको मुद्दा लागेपछि झाक्रीले पार्टी निकट युवासंघको प्रशिक्षण भेलामा ‘मरेको सिनो बोकेर हिँड्न नसक्ने’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

उनले त्यतिबेला अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन्। त्यसबारेमा एकीकृत समाजवादीले झाक्रीलाई स्पष्टीकरण सोधेको थियो।

झाक्रीले भने स्पष्टीकरण नसोधिएको बताएकी थिइन्। उनले त्यसबारेमा सचिवालय बैठकमा आफ्नो विषय राख्ने भनेकी थिइन्।

उपमहासचिव ज्वालाले यसमा झाक्रीले आत्मालोचना गरेको र आजको बैठकले निर्णय गर्ने बताएका छन्।

बैठकमा पार्टी एकताका विषयमा अन्य दलहरूसँगको छलफलका विषयबारे पनि जानकारी गराइने उनले बताए।

‘विभिन्न दलसँग एकताबारे भइरहेका छलफल कहाँ पुगे। त्यस्ता छलफल कसरी अगाडि बढिरहेको छ भन्ने विषय पनि बैठकमा ब्रिफिङ हुन्छ,’ उनले भने।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.