विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा

Shares

काठमाडौँ —हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ ।

हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।

हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।

इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्

होस्टेज एण्ड मिसिङ फोरमले हमासको यो कदमलाई ‘पीडादायी तर महत्त्वपूर्ण’ भनिएको छ । समूहले विज्ञप्तिमा भनेको छ, ‘यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि त्यो सत्य अत्यन्त कठोर छ ।’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.