विरासत जोगाउने दाउमा ‘काँध फेरिएको’ एमाले: को हुन् पीताम्बर भुसाल?

Shares

२०८२ माघ २४

बाक्लो हुस्सु र माघको चिसोलाई चिर्दै अर्घाखाँचीको पहाडी बस्तीहरू यतिबेला चुनावी रापले तातेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आफ्ना जिल्ला अध्यक्ष पीताम्बर भुसाललाई ‘सूर्यध्वजावाहक’ उम्मेदवारका रूपमा मैदानमा उतारेपछि जिल्लाको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।

पीताम्बर भुसाल अर्घाखाँची एमालेका लागि केवल एक उम्मेदवार मात्र होइनन्, उनी ‘ग्रासरुट’ बाट उठेका प्रभावशाली नेता हुन्। २०५४ सालमा मात्र २५ वर्षको उमेरमा तत्कालीन बाँगी गाविसको अध्यक्ष निर्वाचित भएर ऐतिहासिक रेकर्ड राखेका भुसाल २८ वर्षपछि पहिलो पटक संसदीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन्। दुई कार्यकालसम्म एमाले अर्घाखाँचीको सर्वसम्मत अध्यक्ष बनेका भुसाललाई जिल्लाभरका कार्यकर्ताले एक ‘सालीन र संगठक’ नेताका रूपमा चिन्छन्।

एमालेका ‘हेभीवेट’ नेता टोपबहादुर रायमाझीको अनुपस्थिति र मुख्यमन्त्री चेतनारायण आचार्यले यसपटक चुनाव नलड्ने निर्णय गरेपछि, एमालेले भुसाललाई जिल्लाको विरासत जोगाउने मुख्य जिम्मेवारी दिएको हो।

अर्घाखाँचीमा यसपटक एमालेका भुसाललाई कांग्रेसका विष्णुप्रसाद खनाल, रास्वपाका हरिप्रसाद भुसाल र नेपाल कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले चुनौती दिइरहेका छन्। २०७९ को निर्वाचनमा एमालेले यहाँ जित हात पारेको थियो। अहिले कांग्रेस आफ्नो ‘गुमेको साख’ फर्काउने दाउमा छ भने रास्वपा र नेकपा नयाँ उर्जाका साथ मैदानमा छन्।यद्यपि, पीताम्बर भुसालको पक्षमा केही बलिया आधारहरू देखिएका छन्:

संगठनात्मक पकड: एमालेको बलियो जिल्ला संयन्त्र उहाँको पछाडि छ।
निष्कलङ्क छवि: लामो समय राजनीतिमा रहेर पनि उहाँमाथि कुनै गम्भीर आरोप लागेको छैन।

विकासको निरन्तरता: जिल्लामा एमालेले गरेका पूर्वाधार विकासका कामहरूलाई उहाँले मुख्य चुनावी नारा बनाउनुभएको छ।

जनताको उत्साह र घरदैलोमा देखिएको जनलहरले पीताम्बर भुसाललाई अर्घाखाँचीको बलियो दाबेदारका रूपमा स्थापित गरेको छ। के उनले एमालेको ऐतिहासिक साख जोगाउँदै संसदको यात्रा तय गर्लान्? यसको छिनोफानो फागुन २१ गते हुने मतदानले गर्नेछ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.