ग्याँस विक्रेता संघ रूपन्देहीको १२ औं साधारण सभा सम्पन्न: कल्पना कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Shares

ग्याँस विक्रेता संघ रूपन्देहीको १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न भएको  अधिवेशनले रूपन्देहीका ग्याँस व्यवसायीहरूको नयाँ नेतृत्व चयन गरेको छ । “व्यवसायी एकता र उपभोक्ता सुरक्षा” को नारालाई आत्मसाथ गर्दै सम्पन्न भएको  कार्यक्रमले कल्पना कुँवरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षतर्फ राममिलन यादव र ज्ञानेन्द्र बन्जाडे, महासचिवमा सूर्य खनाल, सचिवमा प्रकाश तिवारी र कोषाध्यक्षमा सुनिता पाण्डे चयन हुनुभएको छ ।

संघका निवर्तमान अध्यक्ष प्रदिप प्रसाद पन्थको अध्यक्षतामा भएको सो कार्यक्रममा ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्याल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले ग्याँस व्यवसायमा हाल देखिएका नीतिगत र व्यवहारिक समस्याहरू औंल्याउनुभयो । उहाँले व्यवसायीका समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र दुवै पक्ष मिलेर अघि नबढेसम्म सहज आपूर्ति र समस्या समाधान सम्भव नभएको कुरामा जोड दिनुभयो ।

त्यस्तै, विशिष्ट अतिथिको रूपमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले ग्याँस व्यवसायको संवेदनशीलताबारे ध्यानाकर्षण गराउनुभयो । उहाँले ग्याँस प्रज्ज्वलनशील पदार्थ भएकाले व्यवसाय सञ्चालन गर्दा सुरक्षा मापदण्डमा कुनै सम्झौता नगर्न र सधैं चनाखो रहन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रदिप प्रसाद पन्थले आफ्नो कार्यकालमा भएका उपलब्धी र चुनौतीहरूको चर्चा गर्नुभयो । रूपन्देही भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ अवैध रूपमा हुने ग्याँस तस्करी प्रमुख समस्या रहेको र त्यसका विरुद्ध संघले सक्रिय भूमिका खेलेको उहाँको भनाइ थियो । उहाँले नयाँ नेतृत्वलाई व्यवसायीको हकहित र सुरक्षाका लागि दृढ भएर लाग्न शुभकामना समेत दिनुभयो ।

अधिवेशनमा उद्योग संघका पूर्व अध्यक्ष सागरमल अग्रवाल, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज पंगेनी, पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल र बुटवल ग्याँसका सञ्चालक भुपाल क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित समितिमा विष्णु घिमिरे पन्थी, कमल अधिकारी, मधु उपाध्याय र निराजन कँडेल लगायतका १५ सदस्यहरू रहेका छन्।कार्यक्रमको सञ्चालन महासचिव सूर्य खनालले गर्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.