२ भदौ बुटवल – विश्व हिन्दु महासंघ रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा प्राध्यापक डाक्टर बावुराम ज्ञवालीद्धारा लिखित श्रीमद्भागवद्धीता , अध्यात्म , कला र विज्ञान पुस्तक बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सुसम्पन्न भएको छ ।
कार्यक्रममा शुभकामना मनतव्य राख्दै मेयर खेलराज पाण्डेले त्रिभुवन विश्व विद्यालयमा लामो समयसम्म अर्थशास्त्र विषय अध्यापन गराई देशको शैक्षिक उन्यनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको प्रा डा बावुराम ज्ञवालीको यो पुस्तक बुटवलका हरेक सार्वजनिक पुस्तकालयमा मात्रै सिमित नराखि समग्र नेपालीहरुले अध्ययन गरि यसमा बहस चलाउनुपर्ने बताए । साथै बुटवलको आर्थिक समृद्धिको आधार धार्मिक पर्यटन भएकोले यसलाई आफुले केन्द्रमा राखेर हरेक वर्ष नीति तथा कार्यक्रम बनाएको बताउनु भयो ।
कार्यक्रममा लेखकिय भनाइ प्रस्तुत गर्दै प्रा डा ज्ञवालीले यो संसारमा जन्म लिएपछि समग्र प्राणीको हितमा आफ्ना कर्महरु केन्द्रीकृत गर्न सकेमा मात्रै जीवन सार्थक रहने बताउनु भयो । साथै पुस्तक प्रकाशनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका संघ , प्रदेश , जिल्ला र स्थानीय तहका विभिन्न कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा विश्वहिन्दु महासंघ रुपन्देहीको आयोजनामा यसअघि सम्मपन्न भएको लघु अनुसन्धानका प्रमुख प्रा डा बावुराम ज्ञवाली , युवराज कण्डेल र हुमराज भुसाललाई सम्मान गरिएको थियो ।

कार्यक्रम विश्वहिन्दु महासंघको सभाहलमा संघका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता , अम्बिका पौडेलको स्वागत मनतव्य एवम् उर्मिला श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियौ ।






