शैक्षिक परामर्श केन्द्रको नाममा नक्कली शैक्षिक प्रमाणपत्रको कारोवार, पक्राउ परे डा.हरि कडेल

Shares

भैरहवा । ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर सहित भारतीय नागरिक पक्राउ परेको प्रकरणमा रास्वपा नेता समेत तानिएका छन्।

गएको शुक्रवार साँझ रुपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवको साथबाट ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर बरामद गरेको थियो।

पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा नेता डा.हरि प्रसाद कँडेललाई नियन्त्रणमा लिएको हो। रुपन्देही प्रहरी श्रोतका अनुसार उनलाई चितवनबाट बुधवार नियन्त्रणमा लिएर रुपन्देही ल्याइएको छ। पक्राउ परेका कँडेल चितवनको कालिका नगरपालिका ५ पदमपुरका हुन्।

रुपन्देही प्रहरीले गत शुक्रवार साँझ साँझ ६ः ३० बजे सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादव लाई खानतलासी गर्दा उनको साथबाट ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम फेला परेको थियो।

पक्राउ परेका यादवले डा.हरि प्रसाद कँडेलको संलग्नता खुलाएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिर्ईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार क्षेत्रीले बताए।

पक्राउ परेका यादवले आफूले डा हरि कँडेलको सहयोगीको रूपमा शैक्षिक प्रमाण पत्र र होलो ग्राम स्टिकर भारतमा छपाएर ल्याएको बताए पछि प्रहरीले कँडेललाई खोजी सुरु गरेको थियो।

हरि प्रसाद कँडेल यो प्रकरणमा अहिले सम्मको अध्ययनले प्रमुख व्यक्ति हो, उनले शैक्षिक परामर्श केन्द्र नाममा नक्कली शैक्षिक प्रमाण पत्रको कारोबार गर्ने गरेको देखिन्छ प्रहरी उपरीक्षक क्षेत्रीले भने।

पक्राउ परेका डा. कँडेल आफू सम्मेत नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा डाक्टर लेखेको हुन सक्ने प्रहरीको आशंका छ।

चितवनको एक सरकारी विद्यालयमा शिक्षक रहेको कँडेल प्रधानाध्यापक बन्न खोज्दा अयोग्य ठहरिएपछि शैक्षिक परामर्श केन्द्र चलाएर बसेका थिए। अनि बिरुद्ध नक्कली शैक्षिक प्रमाण पत्र लिएर शिक्षक बनेको भन्दै उजुरी परेपछि अख्तियारले मुद्धा दायर गरेको थियो। कालिका नगरपालिका वडा नं ५ का वडाध्यक्ष दिपक भटराईले कडेल बिरुद्ध ७ बर्ष अघि नै अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्वनमा परेको बताए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.