सत्तापक्षसँग छ प्रतिनिधि सभामा १८४ सीट, दुई तिहाईका लागि १८३ आवश्यक

Shares

काठमाडौं । सत्तारुढ दल कांग्रेस एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन्। प्रधानमन्त्री केपी ओलीले गत वर्ष नै हटाउने प्रयास गरेको भए पनि कांग्रेसभित्र एकमत नहुँदा त्यो प्रयास टरेको थियो।

अहिले कांग्रेस एमालेले उपसभामुखलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। उपसभामुख रानाको आचरणमाथि प्रश्न उठाउँदै सरकारले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको छ।

उपसभामुख रानाले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन पत्र लेखेको खुलेपछि मानव तस्करी प्रकरणमा जोडेर सरकारले हटाउन चाहेको थियो। अहिले कांग्रेस र एमालेले पार्टीका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराइरहेका छन्। उनी अहिले पनि अमेरिका भ्रमणमा छिन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बित छन् भने एक रिक्त छ। प्रतिनिधि सभामा अहिले २७० सांसद छन्। उपसभामुखलाई हटाउन दुई तिहाइ बहुमत चाहिन्छ।

प्रतिनिधि सभामा उपसभामुखलाई हटाउन १८३ सांसद आवश्यक पर्छ। दुई ठूला दल कांग्रेस र एमालेको मात्रै दुई तिहाइ नपुगे पनि सत्ता गठबन्धनसँग उपसभामुखलाई हटाउन पर्याप्त बहुमत छ।

कांग्रेस ८८ (१ निलम्बन) र एमाले सभामुखसहित ७९ (१ निलम्बन), जनता समाजवादी पार्टीका ७, जनमतका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद छन्। यसरी हेर्दा सत्ता गठबन्धन दलहरूसँग १८४ पुग्छन्।

४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीभित्र पनि विवाद छ। यो अवस्थामा नाउपाको एक पक्षले समर्थन गर्न सक्छ। अहिले सरकार छाडेर विपक्षमा बसेबाहिर भए पनि राज्यमन्त्रीबाट राजीनामा दिएका अरुणकुमार चौधरीको अझै राजीनामा स्वीकृत भएको छैन।

यस्तै, विपक्षमा माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका १०, जसपा नेपालका ५, नेमकिपा, जनमोर्चा र आजपाको १/१ र २ स्वतन्त्र सांसद छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.