उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउने आदेश दिएको छ।
बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले बिगो रकम बुझाएर रिहा हुन दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।
लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरे पनि जिल्ला अदालत रुपन्देहीले बिगो यकिन नभएको भन्दै रिहाइ अस्वीकार गरेको थियो।
हाल नख्खु कारागारमा रहेका लामिछानेको मुद्दामा एक साताभित्र मिसिल प्राप्त भएपछि थप सुनुवाइ हुने अदालतले जनाएको छ।
Post Views: 966






