सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो, चाँदी घट्यो

Shares

काठमाडौं, १४ साउन / नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ रहेको थियो।

यद्यपि, साताको समग्र अवस्थालाई हेर्दा सुनको मूल्यमा गिरावट देखिएको छ। गत बिहीबार प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य एक सातामा ७ हजार ३ सय रुपैयाँले घटेको हो।

त्यसैगरी, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदी बिहीबार १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.