स्थलगत निरीक्षणमा नखटिएका बस्नेतले कर्णाली डेभलपमेन्टको कैफियत लुकाउन कसरी गरे ‘डिल’ ?

Shares

१६ साउन, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको १ खर्ब ३३ करोड रुपैयाँ अनियमिततामा नेपाल राष्ट्र बैंकका कर्मचारीको सहयोगी भूमिका पुष्टि भए पनि स्थलगत अनुगमनमा नगएका कर्मचारीले कैफियत ढाकछोप गर्ने जिम्मा कसरी लिए भन्ने प्रश्न पेचिलो बनेको हो ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागलाई तुलनात्मक रूपमा ‘मालदार’ विभागका रूपमा व्याख्या हुँदै आएको छ । केन्द्रीय बैंकका कर्मचारीबीच पनि सुपरीवेक्षण विभागमा सुरुवा हुन शक्ति संघर्ष हुने गर्छ ।

उक्त विभागमा सरुवाका लागि हुने रस्साकस्सीको मुख्य उद्देश्य भनेको व्यक्तिगत लाभका लागि वित्तीय क्षेत्रलाई प्रयोग गर्नु हो ।

राष्ट्र बैंकका पूर्वकर्मचारीले पैसा कमाएको/नकमाएको प्रसंगमा आफू सुपरीवेक्षण विभागमा काम गर्न नपाएको भन्दै चोखिने गर्छन् । पूर्वकर्मचारीका कुराले पनि सुपरीवेक्षण विभागमा काम गर्दा वाह्य आम्दानी हुने प्रष्ट हुन्छ ।

केन्द्रीय बैंकको सुपरीवेक्षण विभागबारे टिकाटिप्पणी हुने गरे पनि ठोस प्रमाण भने जुटेको थिएन । तर, कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकणबाट केन्द्रीय बैंकका कर्मचारीको वाह्य आम्दानी स्रोत र उनीहरूले गर्ने कामका विषय सप्रमाण बाहिरिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकमा नक्कली सुन कर्जा, बचतकर्ताको निक्षेप मार्फत संस्थापक सेयरधनीले हकप्रद सेयर भर्न प्रयोग गरेको, करिब ३ दर्जन नक्कली कम्पनी खडा गरी कर्जा अपचलन गरेको विषय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाहिर ल्याएको छ ।

सीआईबीले अनुसन्धान क्रममा पत्ता लगेका र केन्द्रीय बैंकका कर्मचारीले निश्चित लाभमा लुकाएका विषय बाहिर ल्याएको हो ।

प्रहरीले केन्द्रीय बैंकका एक पूर्वकर्मचारी सहित कर्णालीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भइसकेका राजेन्द्रवीर राय लगायत अपचलनमा संलग्न १ सय ९ जनाको विरुद्धमा मुद्दा दायर गरेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.