बुटवल । बुटवल १३ बेलबासमा निदान डेन्टल क्लिनिकको शाखा सुभारम्भ भएको छ । अर्घाखाँचीको सन्धिखर्क र कपिलबस्तुको चन्दौटामा संचालित क्लिनिकको शाखा बुधबारदेखि बुटवलमा पनि खुलेको हो ।
क्लिनिकको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले उद्धघाटन गरे । सो अबसरमा बोल्दै मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्र स्वभाविक रुपमा सेवा क्षेत्र भएकाले नाफा भन्दा पनि नागरिकको सेवालाई आफ्नो कर्तव्य ठानी क्लिनिक संचालन गर्नु आग्रह गरे ।

साथै मन्त्री घिमिरेले उपचारमा नयाँ प्रविधिको गरि सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनु पर्ने बताए । प्रदेश सरकार नीजि क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताउँदै केही नीतिगत समस्या भए ती समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लिनिकको सुभारम्भको अवसरमा मन्त्री घिमिरेले दाँतको चेकजाँच समेत गराएका थिए ।
क्लिनिकमा दाँतको डिजिटल एक्सरे, कम्पोजिट फिलिङ, शल्यकिया गरी दाँच निकाल्ने, बाहिरबाट दाँत लगाउने, स्थायी दाँत लगाउने लगायत दाँतको सम्पूर्ण उपचार हुने डेन्टल सर्जन हेमराज गैरेले बताए ।
क्लिनिकका संचालक बाबुराम पोखरेलले क्लिलिकमा आधुनिक प्रविधिको प्रयोग गरि सेवा संचालन गरिनुका साथै नागरिकको सेवामा विशेष ध्यान दिने बताए ।





