स्याङ्जामा बेपत्ता आमा–छोरा नवलपुरमा मृत फेला

Shares

२ भदौ  बुटवल – गत साउन २३ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४, बिर्घा निवासी २६ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन्।नवलपुरको कावासोति नगरपालिका–१२, पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव फेला परेको हो। त्यही स्थानदेखि करिब ३०० मिटर टाढा, मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारी क्षेत्रमा बालकको शव भेटिएको बुझिएको छ।

दुवै शव गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।शवलाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादव पाण्डेका अनुसार मृतक बालकलाई कानको मुन्द्रा र घाँटीको मालाबाट पहिचान गरिएको हो।शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे सहित श्यामकलाको परिवार स्याङ्जाबाट कावासोति अस्पतालतर्फ प्रस्थान गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.