रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट प्रहरीले गाजासहित एक पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मँगलबार लुम्बिनी साँस्कृतिक नगरपालिका १२ बाट ६ किलोग्राम गाजासहित स्थानीय ४३ वर्षीय प्रशुराम लोधलाई पक्राउ गरिएको हो ।
अबैध लागू औषध गाजा लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
Post Views: 1,215






