७५ लाख लागतमा बनेको बालगोपाल शिस महलको उद्घाटन

Shares

बुटवल । रुपन्देही देवदहको शित्तलनगरमा ७५ लाख लागतमा बनेको बाल गोपाल शिस महल सञ्चालनमा आएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको शिश महलको कृष्ण जन्माष्टमीको अवसरमा १००८ स्वामी विवेकानन्द सरस्वति जी महाराजले उदघाटन गरेका छन् । दुर्गा मन्दिर संरक्षण समितिले थालेको मणिदीप धाम निर्माणको परिकल्पना अन्तरगत नै मन्दिर परिषरमा बालगोपाल शिश महल निर्माण भएको हो ।

लुम्बिनी प्रदेशको पहिलो दाबी गरिएको शिश महलभित्र कृष्णको बाललिला, बाल गोपीनि लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरुप लगायतका कलाकृतिहरु बनाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए । देवदह मणिदीप गुरुयोजना अन्तरगत मन्दिर हाताभित्र अर्जुनरथ, बुद्धबिहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वारलगायतका पुर्वाधारहरु निर्माण गरिएको छ । शिस महल उद्घाटनकै अवसरमा संघीय सांसद छविलाल विश्वकर्माले मन्दिर परिषरभित्रै रहेको बुद्ध बिहारको उद्घाटन गरेका छन् । उनले शिस् महल र बुद्ध विहारले देवदह क्षेत्रको धार्मिक पर्यटन विकास महत्वपुर्ण भुमिका खेल्ने बताए ।

नगर प्रमुख ध्रुव खरेलले देवदहलाई सांस्कृतिक धार्मिक पर्यटनको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देवदहमा रात विताउने र विश्रामस्थलको विकास गर्ने योजना रहेको बताए । शिश महल अवलोकनका लागि साधारण टिकट दर ५० रुपैपाँ तथा विद्यार्थी, असहाय र वृद्धवृद्धाका लागि ३० रुपैया तोकिने कोषाध्यक्ष दीनानाथ सापकोटाले जानकारी दिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.