अर्घाखाँचीमा सर्पसँग खेल्ने क्रममा युवाको मृत्यु

Shares

२० असार, अर्घाखाँची / अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि मृत्यु भएको छ।

स्थानीयका अनुसार कुमालले सर्पसँग खेलिरहेका बेला अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि अस्पताल पुग्नासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।
यस घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।

स्थानीयवासीले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने प्रयास नगर्न सबैलाई सचेत रहन आग्रह गरेका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.