अर्थमन्त्री पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट

Shares

१२ भदौ, काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको छ ।

साथै, भेटका क्रममा विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा पनि छलफल भएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.