आज कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Shares

३ भदौ,काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार देशभरका विभिन्न क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

हिजो बेलुकी र गएराति पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मनसुन सामान्य रूपमा कमजोर भए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव अझै जारी रहेको महाशाखाले जानकारी दिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.