आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुइजना पक्राउ

Shares

पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए।

‘पीडितहरूले हड्डी बेचेको भनेर आरोपमा जाहेरी लिएर आउनुभएको छ,’ उनले भने, ‘बरामद भएको अवस्था छैन। हामी अनुसन्धान गर्दैछौं।’

प्रहरी स्रोतका अनुसार पशुपति घाटमा काम गर्ने ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी छन् ।

उनले सानो एक टुक्रा हड्डी बिक्री गरेको देखेपछि मलामी बसेकाहरूले देखेर सोधखोज गरेको प्रहरीको भनाइ छ।‘हल्ला भएपछि प्रहरी पुगेको थियो। लिने मान्छे त्यहाँ थिएनन्। वास्तविकता के हो अनुसन्धान हुँदैछ,’प्रहरी  भन्यो।

उनका अनुसार प्रहरीसँग पक्राउ परेका व्यक्तिले आफू लोभमा परेकोसमेत स्वीकारेका छन्। लोभमा परेँ। ४/५ सय रुपैयाँ दिएकाले दिएको हुँ भनेका छन,’ स्रोतले भन्यो।
😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.