ओलीको चेतावनी: “डराएर भाग्ने हैन, देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं

Shares

२३ असोज, काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पासपोर्ट र उपत्यका छोड्न रोक लगाएको विषयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीप्रति डराएर आफू भाग्ने होइन भनेका छन्।

उनले आफूलाई पक्राउ गर्ने जस्ता आरोप उठाउनु हुँदैन भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्तालिन चेतावनीसमेत दिए। ओलीले राजनीति र देश चलाउने संकटलाई हँसुवा कुरा नभएको बताउँदै सम्बन्धित निकायलाई सावधान हुन आग्रह गरे।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारी कदमहरूलाई व्यंग्य गर्दै भने, “पासपोर्ट रोक्का रे, डाँडो काट्न नहुने रे। सुशीला कार्कीको डरले केपी ओली भाग्छ?” उनले थपे, “हालका गृहमन्त्रीलाई चिन्दिन; तर गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु। राजनीति र राष्ट्र संचालन ठट्टाको विषय होइन।”

ओलीले एमालेलाई लज्जित नबनाउन देशको स्वाभिमानका लागि बलिदान दिन आफू र आफ्नो पार्टी तयार रहेको पनि बताए। “हामी जेल–नेल भोगेर आएको हामी हौं, हाम्रो लागि यो नयाँ कुरा होइन,” उनले भने, “हामीले जनताको शासन स्थापित गर्न संघर्ष गरेका हौं र त्यसका लागि लड्दै आएका हौं।”

उनले वर्तमान अवस्थामा देशको सार्वभौमसत्तामाथि हमला भइरहेको आशङ्का व्यक्त गरे।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.