ओलीले रोकिदिए कर्ण थापाको फरक मत, महाधिवेशनमा छलफल सकियो

Shares

२१ भदौ,काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गतको समूहगत छलफल सम्पन्न भएको छ ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल आज सम्पन्न भएको छ। हिजोदेखि जारी महाधिवेशनमा सहभागी दुई हजार १२६ प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर छलफल गरिएको थियो।

छलफलमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलको प्रतिवेदन र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि विचार विमर्श गरियो। तर समूहगत छलफलमा धेरैलाई बोल्ने अवसर नदिइएको सहभागीहरूले बताए। छलफल सकिएपछि आज सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। प्रतिनिधिहरूले दिएका सुझाव भोलि बस्ने बैठकमा समूह संयोजकमार्फत प्रस्तुत गरिनेछ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णयप्रति असहमति जनाउँदै फरक मत राख्ने तयारी गरेका स्थायी कमिटी सदस्य कर्ण थापालाई नेतृत्वले मञ्चमा आफ्नो प्रस्ताव वाचन गर्न रोकेको छ। हिजो तय गरिएको कार्यसूचीअनुसार थापालाई बोल्ने अनुमति हुने व्यवस्था भए पनि अध्यक्ष ओलीले आज रोक लगाएका हुन्।

थापाले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको व्यवस्था हटाउनेसहितको विषय समेटिएको ३२ पृष्ठ लामो फरक मत पार्टी केन्द्रीय कार्यालयमा तीन दिनअघि पेस गरेका थिए। महाधिवेशनमा वाचन गर्न अनुमति नपाए पनि उक्त प्रस्ताव प्रतिनिधिहरूबीच वितरण गरिएको छ।

गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरिबाट आएका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा थप ३१५ जना गरी कुल २,३४१ जनाको सहभागिता रहेको पार्टीले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.