मंसिर २१, काठमाडौं – नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ले पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेपछि विरोधको सामना गर्नुपरेको छ।
रुकुमका केही कार्यकर्ताले उनलाई कालोझण्डा देखाएर विरोध जनाएका छन्। संभावित अप्रिय परिस्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ।
शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत सदरमुकाम खलंगा पुगेका थिए। विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनीमाथि कालोझण्डा प्रदर्शन गरेका थिए।
Post Views: 423






