२३ असोज, काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल गरेका छन्।
उक्त बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल, तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।
छलफलका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिइएको थियो भने विपद् व्यवस्थापन सम्बन्धी विषयमा समेत विचार-विमर्श गरिएको थियो।
Post Views: 328






