गैडहवामा दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु

Shares

रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जना युवाको डुबेर मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए। खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमै छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.