गौतमबुद्ध विमानस्थल नियमित संचालनमा दवाव दिन संघर्ष समिति गठन

Shares

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि सरकारलाई दवाव सिर्जना गर्न सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा भैरहवामा संघर्ष समिति गठन गरिएको छ ।

नगरपालिकाको पहलमा आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघसंस्थाहरुबीचको छलफलपछि खाँको संयोजकत्वमा ‘गौतमबुद्ध विमानस्थल नियमित संचालनका लागि संघर्ष’ समिति गठन गरिएको हो । छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्षै गरेर जानुपर्ने निचोड निकालेपछि संघर्ष समिति गठन गरिएको छलफलमा सहभागी सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

संघर्ष समितिको सहसंयोजकमा सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारी र सदस्यहरुमा सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग ब्यापार संगठन (चेम्बर अफ कमर्श), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् । यस्तै, अन्य सदस्यहरुमा सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली छन् ।

उक्त समितिले कम्तिमा एक हप्तामा विमानस्थल संचालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्ने छ । यसपछि बृहत् पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिने छ । यसपछि सबै पार्टीका जिल्लास्थित र केन्द्रका नेताहरुलाई भेट गरी ध्यानाकर्षण गराइने छ

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.