जुवाखालबाट पक्राउ परे जबरजस्तीकरणी र चोरी मुद्दाका फरार अभियुक्त

Shares

जवरजस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ।

जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जना जवर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार हेटौँडा उपमहानगरपालिका–१० बाट ११ बुक तास र तीन लाख ६ हजार ३१० नगदसहित पक्राउ परेकामध्ये स्थानीय ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७४ साल साउन ११ गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाइ फरार थिए।

यसैगरी पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.