२३ भदौ,काठमाडौं – बानेश्वरमा भएको ‘जेन जी’ प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार, घाइतेलाई उपचार गर्ने क्रममा एक जनाको ज्यान गएको हो। मृत्यु हुने व्यक्तिको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।
अस्पतालभित्रका अन्य बिरामीलाई स्थानान्तरण गरी घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ। केही शय्या बाहिर निकालेर पनि घाइतेको उपचार भइरहेको छ। यसैगरी, बानेश्वरको एभरेस्ट अस्पतालमा पनि घाइतेहरू भरिन थालेका छन्।
Post Views: 1,487






