बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको छ ।
तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा संगै गुल्मीको रुरुक्षेत्र गाउंपालिका छैटौ स्थानमा छनोट भएको छ । त्यस्तै चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ । त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउंपालिका चौथो र धादिङकै बेनीघाट गाउंपालिका पांचौस्थानमा छनोट भएको छ ।
छनौट भएका पालिकाहरुलाई यही भाद्र ६ गते सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा सङीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम मन्त्रालयले तय गरेको छ । सम्मान लिनका लागि छनोटमा परेका पालिकाहरुवाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई निमन्त्रण गरिएको छ ।






