थियानजिनमा प्रधानमन्त्री ओली र लाओस राष्ट्रपति बीच दुईपक्षीय भेटवार्ता

Shares

१६ भदौ,काठमाण्डौ – चीनको थियानजिनमा जारी शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा नेपाल–लाओसबीचको आपसी सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको छ। सम्मेलन थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा भइरहेको छ, जहाँ सहभागी मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले आजै रूसका राष्ट्रपति भ्लादिमीर पुटिन र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग समेत भेटवार्ता गर्ने तय भएको सचिवालयले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.