नेकपा एमाले लुम्बिनी प्रदेश स्कुल विभागको तीन दिवसीय प्रशिक्षण सम्पन्न

Shares

१५ भदौ,बुटवल – नेकपा एमाले, लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम आइतबार बुटवलस्थित जीवराज स्मृति प्रतिष्ठानमा सम्पन्न गरेको छ।

समापन सत्रमा बोल्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले पालिकास्तरीय अध्यक्षहरुलाई दिइएको यो प्रशिक्षण पार्टीलाई अझ चुस्त, व्यवस्थित र गतिशील बनाउन महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। उनले एमालेलाई देशकै उत्कृष्ट र जनमुखी पार्टी बनाउन नेता तथा कार्यकर्ताले विचार, संगठन र क्रियाशीलतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

प्रशिक्षणको आयोजना त्यसै उद्देश्यसहित गरिएको उनले स्पष्ट पारे। तीन दिनसम्म चलेको बन्द प्रशिक्षणमा विभिन्न विषयगत सत्रहरु सञ्चालन गरिएका थिए।

प्रशिक्षकहरु भोजप्रसाद श्रेष्ठ, दलबहादुर गुरुङ, युवराज घिमिरे, डीआर घिमिरे, कल्पना थापा, बाबुराम विक, बद्री खनाल र नरबहादुर घर्तीले प्रशिक्षण दिएका थिए। उनीहरुले बैठक सञ्चालन पद्धति, माइन्यूट लेखन, तालिम व्यवस्थापन, विकास निर्माणमा एमालेको दृष्टिकोण, लेखाविधि, प्रचारशैली, जनसंगठन र पार्टीबीचको समन्वय, पार्टी सञ्चालन र व्यवस्थापनका उपाय, साथै अर्थ–राजनीतिक दृष्टिकोणजस्ता विषयमा सहभागीहरुलाई मार्गदर्शन गरेका थिए।

समापन सत्रको अध्यक्षता प्रदेश पार्टी स्कुल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले गरेका थिए। उनले सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै आगामी दिनमा तालिमलाई अझै प्रभावकारी बनाउन विभाग प्रतिबद्ध रहेको बताए। यसअघि पहिलो चरणमा नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाभित्र रहेका पालिका कमिटी अध्यक्षहरुलाई समेत सोही विषयमा तालिम प्रदान गरिएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.