पूर्वमुख्यमन्त्री लिला गिरी ओली प्यानलको अनुशासन आयोगमा नउठ्ने, खुला केन्द्रीय सदस्य लड्ने घोषणा

Shares

काठमाडौं । एमालेको महाधिवेशनमा संस्थापन समूहबाट अनुशासन आयोगका उपाध्यक्षमा प्रस्ताव गरिएका लीला गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । आयोगको उपाध्यक्षमा आएको प्रस्तवालाई उनले अस्वीकार गरेका छन् ।

आज केपी ओली समूहबाट उनी अनुशासन आयोगमा रहेको लिस्ट सार्वजनिक भएपछि नेपाल प्रेससँग कुरा गर्दै गिरीले आयोगको उपाध्यक्षमा उम्मेदवारी अस्वीकार गरेको बताए ।

उनले खुलाबाट उम्मेदवार बनेर मैदानमा जान लागेको बताए ।

‘मेरो नाम अनुशासन आयोगको उपाध्यक्षमा आएको देखेँ तर त्यसमा मेरो सहमति थिएन र छैन, म खुला क्षेत्रबाट केन्द्रीय कमिटीको उम्मेदवार हो ।’ उनले भने ।

उनी यसअघि पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.