प्रतिनिधिसभा विघटन असंवैधानिक: आठ दलको प्रतिनिधिसभा पुनर्स्थापनाको माग

Shares

२८ भदौ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आठ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी यसलाई असंवैधानिक भनेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा प्रतिनिधिसभा विघटन जनमत र संविधानमाथिको प्रहार भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कदमले जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संविधान र संवैधानिक सर्वोच्चतामाथि गम्भीर आघात पुगेको छ।’

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए।

यसैबीच, आठ दलले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै संसद तत्काल बोलाउन सरकार र राष्ट्रपति समक्ष जोडदार आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विघटनको निर्णय फिर्ता लिई संसद बैठक आह्वान गरी जनता र आन्दोलनरत समूहका माग जनप्रतिनिधिमार्फत सम्बोधन हुने वातावरण बनाउनुपर्छ।’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.