बरिष्ठ कलाकार कमल बी.के. ‘निर्मोही’लाई व्हीलचेयर प्रदान

Shares

 १५  कात्तिक,  नेपालगञ्ज— बरिष्ठ कलाकार कमल बी.के. ‘निर्मोही’लाई आवतजावतमा सहजता ल्याउने उद्देश्यले बास नेपालले व्हीलचेयर प्रदान गरेको छ। पछिल्ला दिनमा स्वास्थ्यमा सुधार भए पनि हिँडडुलमा समस्या देखिएपछि उक्त सहयोग प्रदान गरिएको हो।

आज नेपालगञ्जस्थित निर्मोहीको निवासमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाकी निर्वतमान उपप्रमुख उमा थापा मगर, बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, सदस्य बसन्ती रोकाया, तथा निर्देशक हेमराज भट्टलगायतले संयुक्त रूपमा व्हीलचेयर हस्तान्तरण गरे।

सहयोग हस्तान्तरणपछि निर्मोहीकी धर्मपत्नी हेरम देवी बी.के.ले दैनिक गतिविधि र स्वास्थ्य उपचारमा सहजता हुने बताउँदै सहयोगी सबैप्रति आभार प्रकट गरिन्।

कार्यक्रममा बास नेपालका प्रशासकीय अधिकृत शुद्ध प्रसाद चौधरी, लेखा अधिकृत राष्टि बुढा मगर, वरिष्ठ सामाजिक परिचालक जमुना चौधरी, शोभा भण्डारी, सामुदायिक सहजकर्ता ज्वती बुढालगायतको उपस्थिति थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.