बुटवलमा लायन्स क्लब अफ बुटवल सिद्धबाबाको १८औँ चार्टर नाइट तथा सम्मान कार्यक्रम सम्पन्न

Shares

लायन्स क्लब अफ बुटवल सिद्धबाबा को आयोजनामा बुटवल–९ स्थित Palm International Hotel मा बृहत् १८औँ चार्टर नाइट, वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।क्लबका अध्यक्ष भूमिप्रसाद सापकोटा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर बलराम भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए।कार्यक्रममा LCIF मल्टिपल डिस्ट्रिक्ट कन्भर्जन PDG PMJF लायन अरुण प्रताप राणा, आइपीडिजी MJF लायन पुरुषोत्तम भक्त प्रधान, इलेक्टेड डिस्ट्रिक्ट गभर्नर MJF लायन सन्दीप कसौधन, इलेक्टेड फर्स्ट भ्वाइस डिस्ट्रिक्ट गभर्नर PMJF लायन मिना पन्थी, मल्टिपल युथ क्याम्प संयोजक PDG MJF लायन अनुप पहारी तथा PMCC PDG PMJF लायन सुनिल ओझा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका चार्टर सदस्यहरूलाई अध्यक्ष भूमिप्रसाद सापकोटाले भव्य रूपमा सम्मान गरेका थिए। साथै क्लबले एक वर्ष अवधिमा सञ्चालन गरेका सामाजिक, मानवीय तथा सेवामूलक गतिविधिहरूको प्रकाशनसमेत गरिएको थियो।

क्लबका सचिव तुलसीराम न्यौपाने ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनको प्रमुख अतिथि बलराम भट्टराईले खुलेर प्रशंसा गरेका थिए। उनले लायन्स क्लब अफ बुटवल सिद्धबाबाले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै क्लबको सक्रियता, अनुशासन र सेवाभावको उच्च मूल्यांकन गरेका थिए।प्रमुख अतिथि भट्टराईले अध्यक्ष भूमिप्रसाद सापकोटाको कार्यकाल उपलब्धिमूलक र प्रभावकारी रहेको उल्लेख गर्दै उनको नेतृत्वमा क्लबले सामाजिक सेवाका क्षेत्रमा उदाहरणीय काम गरेको बताएका थिए।यसै अवसरमा अध्यक्ष सापकोटाले तिलोत्तमा–३ सुनौलो नगर निवासी विद्यार्थी अस्मिता लामिछाने लाई कक्षा १० सम्म निःशुल्क अध्ययन गराउने घोषणा गर्दै सहयोगस्वरूप चेक हस्तान्तरण गरेका थिए। हाल सगरमाथा आधारभूत विद्यालय मा कक्षा ५ मा अध्ययनरत अस्मिताको सम्पूर्ण अध्ययन खर्चअध्यक्ष सापकोटाले प्रतिबद्धता व्यक्त गरेका थिए कार्यक्रमको सञ्चालन सचिव तुलसीराम न्यौपानेले गरेका थिए भने कार्यक्रम संयोजन क्लबका प्रथम उपाध्यक्ष नेत्रप्रसाद पाण्डे ले गरेका थिए। त्यसैगरी झण्डा अभिवादन संस्थाका २०२६/२७ का सचिव कमलप्रसाद न्यौपाने ले गरेका थिए।कार्यक्रममा सहभागी अतिथिहरूले सामाजिक सेवामार्फत लायन्स अभियानलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.