कमल प्रसाद न्यौपाने-
१७ साउन,बुटवल ।
बुटवल–१२ तामनगरस्थित बुद्ध शान्ति पार्कमा लायन्स क्लब अफ बुटवल क्रिएटिभले वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम लायन्स क्लब इन्टरनेशनलको “Environment” अभियानअन्तर्गत आयोजित गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि GMA कोअर्डिनेटर लायन्स दीपक कुमार श्रेष्ठले वातावरणीय सन्तुलन कायम राख्न सामूहिक सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले पार्कको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा सबै पक्षको सक्रिय भूमिकाको खाँचो औंल्याए।
Area 4 Co-chief MJF लायन्स शेषनारायण बस्याल, लायन्स क्लब अफ बुटवल भिरकुटी टाउनका पूर्व अध्यक्ष पिताम्बर शर्मा र बुद्ध शान्ति पार्क व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर भट्टराई कार्यक्रमका विशिष्ट अतिथि थिए।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ बुटवल क्रिएटिभका अध्यक्ष लायन सन्देश अर्यालले गरे। उनले क्लबले बिरुवा रोपेर मात्र नभई तिनको नियमित स्याहार–सुसार गर्ने प्रतिबद्धता जनाउँदै आगामी तीन महिनापछि क्लबको बैठक पुनः यही पार्कमा आयोजना गरिने जानकारी दिए।
कार्यक्रमको संयोजन लायन्स लेखनाथ न्यौपानेले र सञ्चालन क्लबका सचिव लायन्स विमल ज्ञवालीले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष लायन्स कपिल ज्ञवालीसहित अन्य पदाधिकारी तथा सदस्यहरूको समेत सक्रिय उपस्थिति थियो।
विविध प्रजातिका बिरुवाहरू रोपिएको यस अभियानले पार्कको सौन्दर्य वृद्धिसँगै वातावरणीय सन्तुलनमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।






