बोल्दा बोल्दै अस्ताए जिफन्टका उपाध्यक्ष गौतम

Shares

बुटवल । रुपन्देहीमा १३ उद्योगमा नेपाल विद्युत् प्राधिकरणले गरेको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।

बिहीबार (कात्तिक १३) अचानक ढलेका गौतमलाई उपचारका निम्ति मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले क्रिमसन अस्पताललाई उद्धृत गर्दै जानकारी दिए ।

गौतमले बुधबार (कात्तिक १२) सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकमा संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने बताएका थिए ।

धर्ना कार्यक्रममा उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगीलाई फसाएको आरोप लगाउँदै श्रमिक एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले उद्योगीले नियमित रूपमा मासिक रूपमा विद्युत् महसुल तिर्दै आएकामा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरू पीडित भएका बताएका थिए ।

“आमजनमानसमा भ्रम सिर्जना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, म यहीँबाट प्रमाण दिन चाहन्छु– उद्योगपतिले ठगेको छैन,” उनले भने, “सरकार र विद्युत् प्राधिकरणको गैरजिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युत्का कर्मचारीहरूले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”

श्रमिकलाई गुमाउन नचाहेको बताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । त्यसपछि उनी ढलेका थिए । लगत्तै उपचारका निम्ति उनलाई क्रिमसन अस्पताल पुर्‍याइएको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.