युवा संघबाट निलम्बनमा परेका खरेलको प्रश्न- सत्य बोल्नु अपराध हो ?

Shares

१६ साउन, काठमाडौं । नेकपा एमालेभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भर्सेस पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीचको अन्तरसंघर्ष जनसंगठनहरुमा पनि देखिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु जस्ता ठूला जनसंगठनहरुमा संस्थापन ओलीतिर लाग्दा अर्को पक्ष भण्डारीतर्फ खुल्ने प्रवृत्ति देखिन्छ ।

युवा संघमा त दशौं राष्ट्रिय महाधिवेशनका क्रममा सुमन पुरीका तर्फ उभिएका नेताहरुमाथि युवा संघले कारबाही नै गरेको छ । कारबाही पर्नेमा लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल समेत छन् ।

खरेलले आज पत्रकार सम्मेलन गरेर आफूमाथि भएको कारबाहीलाई ‘फरक विचारमाथिको निषेध’ भनेका छन् ।

‘हाम्रो संगठनभित्र प्रश्न सोध्ने, फरक मत राख्ने र नेतृत्वको आलोचना गर्ने परम्पराको आज हत्या गरिएको छ । यहाँ केवल आदेश चल्छ, प्रश्न चल्दैन’, खरेलको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यहाँ भक्ति चल्छ, विचार चल्दैन ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दीमा राखेर जनताबाट टाढा गरिँदैछ भन्ने आवाज आफूले उठाएको उनले उल्लेख गरेका छन् ।

‘यिनीहरुले केपी ओली जस्तो अग्लो कदको नेतालाई आफ्नो घेराबन्दीमा पारेर, उहाँको आँखामा पट्टी बाँधेर, जनताबाट टाढा बनाउँदैछन् । जब मैले यही दुर्गन्धविरुद्ध आवाज उठाएँ, तब मलाई नेतृत्वको अपमान गरेको आरोप लगाइयो’, उनले लेखेका छन्, ‘के सत्य बोल्नु अपराध हो ?’

खरेलले सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति भण्डारीको निर्णयलाई भने लामै प्रशंसा गरेका छन् ।

हेर्नुहोस् उनले जारी गरेको विज्ञप्ति :

सुमन खरेल प्रेस विज्ञप्ती-suman-kharel-bigyapti-2082-04-16
😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.