रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी, प्रमुख एजेन्डामा महाधिवेशन र निर्वाचन रणनीति

Shares

८ असोज, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। हिजोदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ। हिजोको बैठकमा ६ वटा प्रदेश सभापति तथा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए। आज बाँकी सदस्य र पदाधिकारीहरूले बोल्ने कार्यक्रम रहेको छ। प्रवक्ता झाका अनुसार अझै करीब १० जना सदस्य र पदाधिकारीहरूको धारणा आउन बाँकी छ।

धारणा राखेपछि सम्बन्धित पदाधिकारीहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ। त्यसपछि बाँकी रहेका तीन एजेन्डामा छलफल हुनेछ।

सातवटा एजेन्डामा केन्द्रित

रास्वपाको केन्द्रीय समिति बैठक सात मुख्य एजेन्डा लिएर हिजोदेखि सुरु भएको हो। तीमध्ये पार्टीको आगामी महाधिवेशन, वर्तमान राजनीतिक परिस्थिति अनुसार संगठनको संरचना र विभागीय व्यवस्थापन, साथै आगामी प्रतिनिधि सभा निर्वाचनको रणनीति मुख्य विषय हुन्।

यस्तै, आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति तय भइसकेकाले बैठकमा सो निर्वाचनप्रति पार्टीको तयारीबारे पनि महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.