रूपन्देहीमा कर्फ्यू हट्यो,अवस्था सामान्य बन्दै |

Shares

रुपन्देही जिल्लामा केही दिनदेखि जारी अस्थिर अवस्था सामान्य बन्न थालेको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले केही दिनयता लागु गरेको कफ्र्यु आदेश हटाएसँगै अवस्था सामान्य बन्न लागेको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरिएको कफ्र्यु र निषेधाज्ञा हटाएपछि जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए ।

कफ्र्यु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले आवश्यकता परेमा पुनः कडाइ गरिने बताए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.