२३ भदौं, बुटवल । सामाजिक सञ्जाल बन्दविरुद्ध बुटवलमा युवाहरूले प्रदर्शन गरेका छन्।
बिहानैदेखि प्लेकार्ड बोकेर र नारा लगाउँदै उनीहरू सडकमा उत्रिएका थिए। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीव्र नाराबाजी गर्दै ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताले दिनरात पसिना बगाउँछन्’ जस्ता नारा दिएका छन्।
प्रदर्शनको अग्रपंक्तिमा काठमाडौंका मेयर बालेन शाहका निकट मानिएका सन्तोष गिरीसहितका युवाहरू सक्रिय थिए।
यसैबीच, काठमाडौंको माइतीघरमा पनि युवाहरूले आन्दोलन जारी राखेका छन्। राजधानीबाहेक देशका अन्य ठाउँमा पनि यस्तै प्रदर्शन भइरहेका छन्।
Post Views: 1,923






