१६ भदौ, काठमाडौं – सुनको मूल्य लगातार नयाँ रेकर्ड कायम गर्दै सोमबार प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको मूल्य अघिल्लो दिनको तुलनामा २ हजारले बढेको हो।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३ हजारले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको थियो। लगातारको वृद्धिसँगै सुनको भाउ दिनदिनै नयाँ उचाइमा पुगेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर २४७० रुपैयाँमा पुगेको छ। महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै असर नेपाली बजारमा परिरहेको हो।
Post Views: 1,163






