स्कूल जान ढिलो भएपछि विद्यार्थी आफैँले फैलाए अपहरणमा परेको हल्ला

Shares

गुल्मीको मदाने ६ कंकेदेउरालीबाट मंगलबार पृथ्वी मावि, पुर्कोटमा पढ्न जाँदै गरेका विद्यार्थी अपहरणको समाचार बाहिर आएपछि जिल्लाभर सनसनी फैलियो । विद्यालय जाँदै गरेको ८ जनाको समूहमा कंकेदेउरालीमा जम्मा भएका चार अपरिचित समूहले हामी तिमीहरुलाई लैजान्छौं भनेर डर देखाएपछि विद्याथीहरु भागाभाग भएको हल्ला फैलियो ।

कोही रुन थाले त कोही भाग्न थाले । यस्तो सूचना सुनेपछि आफूहरुको होस उडेको विद्यार्थीहरुको भनाइ छ । यस्तो त्रास सुनेपछि सोही समूहमा रहेका कक्षा ७ मा पढ्ने दीपक थापा नजिकैको मन्दिरमा गएर लुके तर सँगैका साथीहरुलाई भने उनलाई त्यही डर देखाउने समूहले नै लगेको त्रास भयो ।

भनभने घर भएका थापा अपहरणमा परेको सूचना आएपछि नजिकै पुर्कोट दहको प्रहरी र जिल्लाबाट पनि ठूलो प्रहरी तथा स्थानीय उनको खोजविनमा लामो समय जुटे । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सानो गलत सूचनाले सबैतिर अनावश्यक हल्ला फैलिएको र ती विद्यार्थी नजिकैको मन्दिरमा लुकेर बसेको अवस्थामा भेटिएको बताए ।

‘विद्यालय जाँदै गरेका विद्यार्थीलाई बाटोमा बसेका कसैले जिस्काएको नाटक गरियो, उनीहरु चिच्चाएका रहेछन्, ती विद्यार्थीमध्ये एक नजिकैको मन्दिरमा लुकेर बसेका रहेछन् अरु उनी हराएको भन्दै सबै चिच्चाए, यस्तो संवेदनशील विषयमा गलत समाचार फैलाएर लामो समय प्रशासनलाई तनाव भयो, विद्यार्थी तथा अभिभावकमा अनावश्यक त्रास सृजना भयो’ उनले नेपाल प्रेससँग भने, ‘यस्तो विषयमा गलत काम गर्नेहरुबाट सचेत हुनुपर्दछ, सूचनामा पनि सजग हुनुपर्दछ, ती बच्चा नजिकैको मन्दिरमा लुकेका रहेछन्, हामी सारा शक्ति लगाएर जंगलभर खोज्न हिंडुनपर्यो ।’

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले ती बच्चाहरु विद्यालय जान ढिलाई भएकाले अपहरणको नाटक रचेर सबैलाई गुमराहमा पारेको जनाए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.