यु.ए.ई.मा हिन्दू जागरण नेपाल शाखाद्वारा बडादशैं भव्यतापूर्वक मनाउन तयारी बैठक सम्पन्न

Shares

 २२ सेप्टेम्बर ,दुबई ।
हिन्दू जागरण नेपाल शाखा यु.ए.ई.को बैठक अध्यक्ष भुमिराज कंडेलको अध्यक्षता र संरक्षक प्रसिद्ध सनातनीको संरक्षकत्वमा बरदुबईस्थित सिन्ध पञ्जाब रेष्टुरेन्टमा हिजो आईतवार २१ सेप्टेम्बरमा   सम्पन्न भयो।

बैठकमा आउँदो महान् पर्व बडादशैंलाई यु.ए.ई.मा रहेका नेपाली समाज र तिनमा आबद्ध संघ–संस्थासँग मिलेर मौलिक वातावरणमा भव्य रुपमा मनाउने विषयमा छलफल गरियो।

कार्यक्रम नेपाली समाज यु.ए.ई.का प्रवक्ता युवराज भट्टराई, सनातन गौ संरक्षण यु.ए.ई.की संरक्षक रमा पन्थ, सुदूरपश्चिमेली समाजका अध्यक्ष प्रकाश दत्त बडु, पर्वत सेवा समाजका अध्यक्ष तिलक सापकोटा, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष जेपी पोख्रेल, मोना यु.ए.ई.का अध्यक्ष सुवास राम्जाली, गुरु माधव गैरे, गुरु गणेश गैरे, बाग्लुङ सेवा समाज दुबई क्षेत्रीय अध्यक्ष मेघ बहादुर खत्री, कालिगण्डकी सेवा समाजका कोषाध्यक्ष शंकर भट्टराई, हिन्दू जागरण यु.ए.ई.का सल्लाहकार रमेश न्यौपानेलगायतका उपस्थितिसहित सम्पन्न भएको थियो।

सचिव पुष्पा पन्तको स्वागत मन्तव्यपछि विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। अधिकांश वक्ताले धर्मान्तरण र जातीय छुवाछूतविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सन्देशमूलक दशैं मनाउनुपर्नेमा जोड दिएका थिए। हिंसामुक्त र शकाहारी दशैं मनाउन समेत सुझाव दिइयो।

प्रतिनिधिहरूले परदेशमा रहँदा पनि मौलिक संस्कृति जोगाउन एकता आवश्यक रहेको बताउँदै सबै संघ–संस्थाबीच समयमै समन्वय गर्नुपर्ने धारणा राखे। केही वक्ताले कार्यक्रमबारे जानकारी ढिलो पाएको भन्दै आगामी दिनमा समयमै सूचना दिनुपर्नेमा जोड दिएका थिए।

अर्घाखाँची सम्पर्क समितीका अध्यक्ष जेपी पोख्रेलले कार्यक्रमको उद्देश्य सुरुमा स्पष्ट पारिएको भए अझ प्रभावकारी हुने टिप्पणी गर्दै हिन्दू जागरण र बैष्णव परिषद्बीच समन्वय आवश्यक रहेको औंल्याए।

बैठकमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.